किसानले बाली लगाउनुअघि नै समर्थन मूल्य पाउने, सरकारको नयाँ निर्देशिका लागू

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार

18
Share
Featured
  • सरकारले किसानलाई बाली लगाउनुअघि नै धान, मकै, गहुँ, कोदो लगायतका बालीको न्यूनतम समर्थन मूल्य (एमएसपी) तोक्ने नयाँ निर्देशिका लागू गरेको छ।
  • उखुका लागि भदौदेखि कात्तिकसम्म, गहुँ तथा अन्य बालीका लागि साउनदेखि वैशाखसम्म विभिन्न चरणमा मूल्य निर्धारण प्रक्रिया पूरा गरिनेछ।
  • यस व्यवस्थाले किसानलाई उत्पादनको सुनिश्चित मूल्यबारे पहिले जानकारी दिई कृषि उत्पादन र निर्णय प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको हितलाई ध्यानमा राख्दै ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२’ लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार अब प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य (एमएसपी) बाली लगाउनुअघि नै सार्वजनिक गरिनेछ।

सरकारले धान, मकै, गहुँ र कोदो जस्ता मुख्य बालीको मूल्य रोपाइँ वा छर्ने काम सुरु हुनुअघि नै तोक्ने कार्यतालिका बनाएको छ। यसले किसानलाई उत्पादनको सुनिश्चित मूल्यबारे पहिले नै जानकारी दिई कृषि उत्पादनतर्फ प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

निर्देशिकामा विभिन्न बालीका लागि मूल्य निर्धारणको स्पष्ट समयसीमा तोकिएको छ। उखुको हकमा भदौ ३० गतेसम्म फिल्ड सर्वेक्षण र तथ्याङ्क सङ्कलन गरी असोज १५ गतेसम्म विश्लेषण प्रतिवेदन तयार गरिनेछ। त्यसपछि कात्तिक १० गते प्राविधिक समितिको सिफारिस हुँदै कात्तिक ३० गतेसम्म अन्तिम प्रस्ताव पेस गरिनेछ।

गहुँका लागि साउन ३० सम्म सर्वेक्षण सम्पन्न गरी असोज ३० भित्र अन्तिम मूल्य सिफारिस गरिनेछ। त्यस्तै चैते धान, वर्षे धान, मकै र कोदोका लागि पनि मङ्सिरदेखि वैशाखसम्म अध्ययन तथा मूल्य सिफारिसका चरण पूरा गरिने व्यवस्था गरिएको छ।

खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ अनुसार जारी गरिएको यो निर्देशिकाले बजारमा हुने मूल्य अस्थिरता घटाउने लक्ष्य राखेको छ। सरकारले बाली लगाउनुअघि नै मूल्य तोक्ने व्यवस्था गरेपछि किसानले कुन बाली लगाउँदा बढी लाभ हुन्छ भन्ने निर्णय सहज हुने अपेक्षा गरिएको छ।

विशेषगरी उखु लगायतका प्रमुख बालीको खरिद मूल्य निर्धारणमा हुने ढिलाइ अन्त्य गर्ने उद्देश्यले यो व्यवस्था ल्याइएको मन्त्रालयले जनाएको छ।


यो समाचारमा

काठमाडौँकृषि तथा पशुपन्छी विकास मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...