बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीको विवरण संकलन, होल्डिङ सेन्टरमा पठाइने तयारी

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार

18
Share
Featured

काठमाडौँ

बल्खु र वंशीघाट क्षेत्रबाट हटाइएका सुकुमबासीमध्ये ५० घरपरिवारले शुक्रबार दिउँसोसम्म दशरथ रङ्गशालामा पुगेर आफ्नो विवरण टिपाएका छन्। उनीहरूले घर, जग्गा तथा पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत रहेको भन्दै विवरण दर्ता गराएका हुन्।

दशरथ रंगशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले उनीहरूको विवरण संकलन गरिरहेको छ। आवश्यक विवरण संकलनपछि स्वास्थ्य परीक्षण र मनोपरामर्श गरेर उनीहरूलाई तोकिएका होल्डिङ सेन्टरमा पठाइने तयारी गरिएको छ।

उनीहरूलाई प्रारम्भिक रूपमा ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र, काठमाडौँको चोभारस्थित तरकारी बजार व्यवस्थापन केन्द्र तथा काभ्रेको होल्डिङ सेन्टरमा राख्ने तयारी गरिएको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार दशरथ रङ्गशालामा आएका सुकुमबासीको विवरण संकलन गरी उनीहरूलाई होल्डिङ सेन्टरमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ।

यो समाचारमा

दशरथ रंगशालाकाठमाडौँललितपुरभक्तपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...