
काठमाडौँकाठमाडौँको बालाजुस्थित ओग्यन जम्लिङ टेरमा गुम्बा भत्काउने तयारीप्रति बौद्ध धर्मावलम्बीहरूले कडा आपत्ति जनाएका छन्। अनधिकृत संरचना भन्दै सो गुम्बामा डोजर चलाउने सूचना जारी भएपछि बुद्ध जयन्तीको अवसरमा धार्मिक संवेदनशीलतामाथि प्रहार भएको उनीहरूको आरोप छ।बौद्ध धर्मावलम्बीहरूले यस कदमलाई बौद्ध धर्म र आस्थामाथिको ठाडो आक्रमणका रूपमा लिएका छन्। गुम्बा सञ्चालक उमेश लामाले...