कक्षा १२ परीक्षामा लापरबाही भन्दै नेविसंघको ज्ञापनपत्र, सुधारको माग

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार

19
Share
Featured

काठमाडौँ

नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले कक्षा १२ को परीक्षामा विभिन्न परीक्षा केन्द्रहरूमा लापरबाही भएको भन्दै राष्ट्रिय परीक्षा बोर्डमा ज्ञापनपत्र बुझाएको छ। सङ्घले परीक्षा व्यवस्थापनमा देखिएका कमजोरी तत्काल सुधार गर्न माग गरेको छ।

नेविसंघले राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरका महाशाखा प्रमुख तथा प्रवक्ता जयन्ती सत्याललाई ध्यानाकर्षणपत्र बुझाएको हो। सङ्घका कार्यवाहक अध्यक्ष नवीन पौडेल नेतृत्वको टोलीले परीक्षा सञ्चालनमा देखिएको गैरजिम्मेवार व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ।

ज्ञापनपत्रमा चितवनस्थित इन्टरनेशनल कलेज परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षाका क्रममा सुनगाभा कलेजका विद्यार्थीमाथि अन्याय भएको उल्लेख गरिएको छ। प्रश्नपत्र छपाइमा ढिलाइका कारण परीक्षा निर्धारित समयभन्दा ढिलो सुरु भएको र तोकिएको समय नपुग्दै उत्तरपुस्तिका संकलन गरिएको आरोप लगाइएको छ।

नेविसंघका अनुसार परीक्षा बिहान ८:३१ बजे सुरु भए पनि बिहान ११:१३ बजे नै उत्तरपुस्तिका संकलन गरिएको थियो, जसका कारण विद्यार्थीहरू पूरा समय उपयोग गर्नबाट वञ्चित भएका छन्।

सङ्घले यस्तो लापरबाहीमा संलग्नलाई कारबाही गर्न, पीडित विद्यार्थीलाई न्याय दिन तथा परीक्षा प्रणालीमा सुधार ल्याउन माग गरेको छ। साथै, प्रश्नपत्र वितरणमा हुने ढिलाइ अन्त्य गर्न, प्रभावकारी अनुगमन प्रणाली विकास गर्न र परीक्षा केन्द्रहरूमा पारदर्शिता सुनिश्चित गर्न पनि जोड दिएको छ।

यो समाचारमा

काठमाडौँभक्तपुरचितवनराष्ट्रिय परीक्षा बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...