देउवा समूहको तीनदिने भेला ११ बुँदे निर्णयसहित सम्पन्न

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार

24
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका निवर्तमान सभापति शेर बहादुर देउबा समूहको तीन दिनसम्म चलेको भेला ११ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ। भेलाले पार्टीको आगामी रणनीति, संगठनात्मक गतिविधि र पछिल्ला राजनीतिक घटनाक्रमबारे निष्कर्ष निकालेको हो।

बुधबारदेखि महाराजगञ्जस्थित स्मार्ट होटलमा सुरु भएको उक्त बैठक बिहीबार सम्पन्न भएको हो। भेलामा सहभागी नेताहरूले विशेष महाधिवेशन र नियमित महाधिवेशनबीचको विवादका कारण पार्टीले निर्वाचनमा गम्भीर क्षति व्यहोर्नुपरेको निष्कर्ष निकालेका छन्।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा विशेष र नियमित महाधिवेशनसम्बन्धी विवादका कारण पार्टी आन्तरिक रूपमा विभाजित जस्तो देखिँदा निर्वाचनमा ऐतिहासिक क्षति भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा पार्टीको नियमित १५औँ महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयले कांग्रेसलाई निर्वाचनको पूर्वसन्ध्यामा विवादमा फसाएको र त्यसको प्रत्यक्ष असर चुनावी परिणाममा परेको स्पष्ट पारिएको छ। भेलाले यस्ता विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने निष्कर्षसमेत निकालेको छ।




यो समाचारमा

शेर बहादुर देउबानेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...