सुन र चाँदीको मूल्य घट्यो, आजको नयाँ दर सार्वजनिक

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार

24
Share
Featured

काठमाडौँ

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार भने यही सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ५० हजार ९४५ रुपैयाँमा झरेको छ। बुधबार १० ग्राम सुन २ लाख ५२ हजार ४८५ रुपैयाँमा किनबेच भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १२४ रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो दिन ४ हजार २१४ रुपैयाँमा कारोबार भएको थियो।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...