पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

Author

सजिलो पत्रिका

२०८३ वैशाख १६, बुधबार

19
Share
Featured

काठमाडौँ

पूर्ण बहादुर खड्कालाई सोधिएको स्पष्टीकरणको विषयलाई तामेलीमा राख्ने निर्णय गरिएको छ। नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले उक्त निर्णय गरेको हो।

समितिका संयोजक तारामान गुरुङ को अध्यक्षतामा बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले खड्काको पदीय जिम्मेवारीबारे सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालेको हो।

यसअघि वैशाख २ गतेको निर्णयअनुसार खड्कालाई स्पष्टीकरण सोधिएको थियो। तर वैशाख ४ गते सर्वोच्च अदालत ले गरेको फैसलापछि उक्त स्पष्टीकरणको औचित्य समाप्त भएको भन्दै प्रक्रिया हालका लागि तामेलीमा राख्ने निर्णय गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।


यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँपूर्ण बहादुर खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...