कांग्रेस संसदीय दलमा उपनेता शाह, प्रमुख सचेतक थापा र सचेतक राई नियुक्त

Author

सजिलो पत्रिका

२०८३ वैशाख १६, बुधबार

14
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेस संसदीय दलले उपनेता, प्रमुख सचेतक र सचेतकमा नयाँ नियुक्ति गरेको छ। दलका नेता भीष्म राज आङदेम्बेले बुधबार तीन जना सांसदलाई विभिन्न जिम्मेवारीमा मनोनयन गरेका हुन्।

नियुक्तिअनुसार प्रतिनिधिसभा उपनेतामा कपिलवस्तु–३ बाट निर्वाचित सांसद अभिषेक प्रताप शाहलाई नियुक्त गरिएको छ। त्यस्तै प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई जिम्मेवारी दिइएको छ।

दलको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेस संसदीय दलको विधानअनुसार यी नियुक्ति गरिएको उल्लेख छ। धारा ७ (१) बमोजिम उपनेता, धारा १३ (२) बमोजिम प्रमुख सचेतक र धारा १३ (३) बमोजिम सचेतक नियुक्त गरिएको बताइएको छ।

यो समाचारमा

नेपाली काँग्रेसकपिलवस्तुभीष्म राज आङदेम्बेकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...