महावीर पुनद्वारा सम्पत्ति विवरण सार्वजनिक, श्रीमतीको नाममा ३ तोला सुन

Author

सजिलो पत्रिका

२०८३ वैशाख १६, बुधबार

25
Share
Featured

काठमाडौँ

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको विवरणअनुसार श्रीमतीको नाममा करिब ३ तोला सुन रहेको उल्लेख छ। उक्त सुन इष्टमित्रले उपहारस्वरूप दिएको उनले बताएका छन्।

त्यस्तै, पुनले नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ नगद रहेको जानकारी दिएका छन्। उक्त रकम चुनावी चन्दा भएको उनले उल्लेख गरेका छन्।

उनको सम्पत्ति विवरणमा कास्कीमा विभिन्न कित्तामा करिब २७ रोपनी १५ आना ४ पैसा जग्गा रहेको पनि उल्लेख गरिएको छ।

यो समाचारमा

कास्कीमहावीर पुनकाठमाडौँम्याग्दी
नेपाल बैंक लिमिटेड5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...