बालबालिकाको पाखुरा नाप्ने राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु

Author

सजिलो पत्रिका

२०८३ वैशाख १६, बुधबार

22
Share
Featured
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६–५९ महिनाका बालबालिकाको पोषण अवस्था पहिचान गर्न १५ दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु गरेको छ।
  • अभियान ७५३ स्थानीय तहमा सञ्चालन भई पाखुरा, तौल र उचाइ नापेर कुपोषणको जोखिम पहिचान तथा वर्गीकरण गरिनेछ।
  • संकलित तथ्याङ्कका आधारमा लक्षित पोषण कार्यक्रम तयार गरिने र अभिभावकलाई बालबालिकाको अनिवार्य जाँच गराउन आग्रह गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

“समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार” भन्ने नारासहित १५ दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान गर्न यो अभियान सञ्चालन गरेको हो।

अभियानअन्तर्गत बालबालिकामा देखिन सक्ने शीघ्र तथा मध्यम कुपोषणको जोखिम समयमै पहिचान गरी आवश्यक उपचार र सेवा सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यस कार्यक्रमले देशभर कुपोषणको वास्तविक अवस्था पहिचान गर्न सहयोग गर्नेछ।

अभियानमार्फत स्थानीय तह, जिल्ला र प्रदेशस्तरमा कुपोषणको अवस्था मूल्यांकन गरी उच्च, मध्यम र न्यून जोखिम क्षेत्रको वर्गीकरण गरिनेछ। यस आधारमा लक्षित पोषण कार्यक्रम निर्माण गर्न सकिने मन्त्रालयले जनाएको छ।

वैशाख १५ देखि सुरु भएको यो अभियान देशभरका ७५३ स्थानीय तहमा सञ्चालन भइरहेको छ। स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन र प्रारम्भिक बाल विकास केन्द्रहरूमा बालबालिकाको पोषण जाँच गरिनेछ।

यस क्रममा डिजिटल तौल मेसिन, उचाइ तथा लम्बाइ मापन उपकरण र पाखुराको घेराइ नाप्ने टेप प्रयोग गरी कुपोषणको अवस्था पहिचान गरिनेछ। प्राप्त तथ्याङ्कले उच्च जोखिमयुक्त क्षेत्र पहिचान गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।

मन्त्रालयले अभिभावकहरूलाई आफ्ना बालबालिकाको पोषण जाँच अनिवार्य रूपमा गराउन आग्रह गरेको छ। कुपोषणमुक्त स्वस्थ पुस्ता निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको मन्त्रालयले जनाएको छ। अभियान वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ।

यो समाचारमा

काठमाडौँस्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...