अध्यादेशको विरोध गर्दै संसद् अधिवेशन तत्काल बोलाउन नेकपाको माग

Author

सजिलो पत्रिका

२०८३ वैशाख १५, मङ्गलबार

18
Share
Featured

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने तयारी गरेकोप्रति असन्तुष्टि जनाएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले उक्त कदमलाई गैर–लोकतान्त्रिक भन्दै विरोध गरेको हो।

बैठकले तत्काल संसद् अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ। नेकपाले आफैँले आह्वान गरेको अधिवेशन आकस्मिक रूपमा स्थगित गरी अध्यादेशमार्फत अघि बढ्नु संसद्लाई छल्ने कार्य भएको ठहर गरेको छ।

त्यस्तै, संघीय निजामती र विद्यालय शिक्षा लगायतका महत्वपूर्ण कानुन निर्माण प्रक्रियामा सरोकारवाला पक्षहरूको आवाज समेट्न सरकारको ध्यानाकर्षण गराइएको छ। नेकपाले यस्ता विषयमा खुला छलफल र संसदीय प्रक्रियामार्फत निर्णय गर्नुपर्नेमा जोड दिएको छ।

यो समाचारमा

काठमाडौँनेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...