पूर्णबहादुर खड्काले देउवा पक्षको भेलामा गगन थापासँगको भेटबारे ब्रिफिङ गरे

Author

सजिलो पत्रिका

२०८३ वैशाख १५, मङ्गलबार

20
Share
Featured

काठमाडौँ


नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सभापति गगन थापासँग भएको भेटवार्ताबारे पार्टीभित्रको आफ्नो समूहलाई ब्रिफिङ गरेका छन्।

मंगलबार महाराजगञ्जस्थित स्मार्ट होटलमा बसेको शेरबहादुर देउवा पक्षको भेलामा खड्काले थापासँग भएको छलफल र त्यस क्रममा उठेका विषयहरूबारे जानकारी गराएका हुन्। उनले पार्टी एकता, नेतृत्वको भूमिकालगायत विषयमा भएको कुराकानी बैठकमा प्रस्तुत गरे।

खड्काले सभापति थापाले पार्टीलाई कसरी एकताबद्ध गर्ने भन्नेबारे सुझाव मागेको र त्यसक्रममा आफूले दिएका धारणा पनि नेताहरूलाई सुनाए। उनले कांग्रेस अहिले गुटगत रूपमा विभाजित देखिएको भन्दै यसलाई एकताबद्ध गर्ने वा अझ विभाजनतर्फ जाने भन्ने निर्णय नेतृत्वको हातमा रहेको बताए।

उनका अनुसार, “पार्टी एकता वा विभाजनको भविष्य नेतृत्वको हातमा छ, हामी एकताका लागि तयार छौँ” भन्ने धारणा बैठकमा राखिएको थियो। उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी पूर्ण एकता आवश्यक रहेको पनि बताए।

खड्काले पार्टी एकतालाई राष्ट्रिय राजनीतिक सन्दर्भसँग जोड्दै बलियो कांग्रेसले मात्र संविधान र राष्ट्रिय एकता जोगाउन सक्ने धारणा पनि राखेको जानकारी दिए। साथै, सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गरी केही दिनभित्र थप भेटवार्ता गर्ने तयारी रहेको बताएका थिए।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसविश्वप्रकाश शर्मापूर्ण बहादुर खड्का
गगन थापा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...