झापाको हिमालय माध्यमिक विद्यालयमा ९३ लाख भ्रष्टाचार आरोप, प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्दा दायर

Author

सजिलो पत्रिका

२०८३ वैशाख १५, मङ्गलबार

19
Share
Featured

काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालय का प्रधानाध्यापक र लेखापालविरुद्ध करिब ९३ लाख रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले विद्यालयको भवन निर्माण तथा नगद मौज्दातमा अनियमितता गरेको आरोप लगाइएको छ।

आयोगका अनुसार प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले भवन निर्माणका क्रममा झुट्टा बिल तथा भर्पाई तयार गरी सरकारी रकम हिनामिना गरेको देखिएको छ। प्राविधिक मूल्यांकनभन्दा करिब ५९ लाख रुपैयाँ बढी भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ देखि विद्यालयको नगद मौज्दातसमेत हिनामिना गरिएको आरोप छ। बेरुजु देखिएको रकम तथा विद्यालयको नगद व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको प्रमाण फेला परेको आयोगले दाबी गरेको छ।

अख्तियारले दुवै प्रतिवादीबाट कुल ९३ लाख ८३ हजार ३ सय ९ रुपैयाँ ७२ पैसाको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा हिनामिना भएको रकम असुल उपर गर्न माग गरिएको छ।

यो समाचारमा

झापाकाठमाडौँअख्तियार दुरुपयोग अनुसन्धान आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...