रास्वपाका वरिष्ठ नेता बालेन शाह पार्टी बैठकमा निरन्तर अनुपस्थित, भूमिकाबारे प्रश्न उठ्न थाले

Author

सजिलो पत्रिका

२०८३ वैशाख १४, सोमबार

19
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पार्टीका नियमित बैठकहरूमा निरन्तर अनुपस्थित रहँदै आएका छन्। पछिल्लो समय उनी पार्टीका केन्द्रीय समिति, सचिवालय तथा संसदीय दलका धेरैजसो बैठकमा सहभागी नभएको देखिएको छ।

बालेन शाहले पुस १३ गते रास्वपा सभापति रवि लामिछानेसँग ७ बुँदे सहमति गरेका थिए। सोही सहमतिअनुसार उनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएको थियो। त्यसपछि उनी झापा–५ बाट उम्मेदवार बनेका थिए र पार्टीको वरिष्ठ नेताको जिम्मेवारीसमेत सम्हालेका थिए।

निर्वाचन अभियान र प्रधानमन्त्री बनेपछि पनि बालेन पार्टीका धेरै बैठकमा अनुपस्थित रहँदै आएका छन्। चैत १२ गतेको केन्द्रीय समिति बैठकपछि उनी लगातार विभिन्न पार्टी बैठकमा सहभागी नभएको रास्वपाभित्र चर्चा छ। यद्यपि केही संसदीय दलका बैठकमा भने उनी उपस्थित भएका थिए।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बालेन आमन्त्रित केन्द्रीय सदस्य तथा वरिष्ठ नेता भएकाले आवश्यकताअनुसार मात्र बैठकमा सहभागी हुने व्यवस्था रहेको स्पष्ट पारेका छन्। उनका अनुसार पार्टीले बोलाएपछि बालेन बैठकमा आउने बताएका छन् र अनुपस्थितिलाई गम्भीर रूपमा लिनुपर्ने अवस्था छैन।

रास्वपाको आधिकारिक संरचनामा बालेनलाई रवि लामिछानेपछि दोस्रो वरीयतामा वरिष्ठ नेताका रूपमा राखिएको छ। तर लगातार बैठकमा अनुपस्थित रहँदा पार्टीभित्र र बाहिर उनको भूमिकाबारे प्रश्न उठ्न थालेका छन्।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँकविन्द्र बुर्लाकोटीरवि लामिछाने
बालेन्द्र शाह (बालेन)5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...