अनेरास्ववियु बैठकमा पुस्तान्तरण बहस, सुहाङ प्रकरणमा चर्कियो विवाद

Author

सजिलो पत्रिका

२०८३ वैशाख १४, सोमबार

36
Share
Featured
  • अनेरास्ववियु सचिवालय बैठकमा सुहाङ नेम्वाङलाई नेतृत्वबाट रोकिएको विषयमा चर्को बहस भयो।
  • अधिकांश सदस्यले अध्यक्ष दीपक धामीमाथि प्रश्न उठाउँदै पुस्तान्तरण अनिवार्य रहेको बताएका छन्।
  • बैठकले १३ बुँदे ‘टीयू घोषणापत्र’ जारी गर्दै निःशुल्क शिक्षा र विद्यार्थी सहुलियत कार्यान्वयनको माग गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको सचिवालय बैठकमा पार्टीभित्र युवालाई अवसर दिने विषयलाई लिएर तीव्र बहस भएको छ। बैठकमा युवा नेता सुहाङ नेम्वाङलाई संसदीय दलको नेता बन्नबाट रोकिएको विषय प्रमुख रूपमा उठाइएको थियो।

बैठकमा सहभागी एक सदस्यका अनुसार नेम्वाङलाई पार्टीभित्रैबाट षड्यन्त्रपूर्वक रोकिएको आरोप लगाउँदै एमालेमा युवालाई नेतृत्वमा ल्याउने सवाल अझै स्पष्ट नभएको धारणा व्यक्त गरिएको थियो। सहभागीहरूले रूपान्तरण र पुस्तान्तरणका लागि युवा तथा विद्यार्थीहरूले अझै सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आइतबार बसेको बैठकमा ५८ जना सचिवालय सदस्यमध्ये २८ जनाको मात्र उपस्थिति रहेको थियो। बैठकमा अधिकांश सहभागीहरूले अध्यक्ष दीपक धामीलाई लक्षित गर्दै डोटीबाट निर्वाचन हारेपछि पनि आफूलाई विद्यार्थी नेता भनेर प्रस्तुत गर्नु कत्तिको उपयुक्त हो भन्ने प्रश्न उठाएका थिए।

सचिवालय सदस्य योगेश बम र नितेश लामिछाने बाहेक अन्य अधिकांशले पुस्तान्तरण अनिवार्य भएको बताएका छन्। उनीहरूले समयमै नेतृत्व परिवर्तन नगरे पार्टी कमजोर हुने र युवाहरू विचलित हुने चेतावनी दिएका छन्। साथै, केही सदस्यहरूले ‘बोल्न दे सरकार’ अभियानअन्तर्गत कालो पट्टी बाँध्ने प्रस्तावप्रति असहमति जनाएका थिए।

बैठकले १३ बुँदे ‘टीयू घोषणापत्र’ जारी गर्दै शैक्षिक सुधार, राष्ट्रियता र जनजीविकाका मुद्दामा विभिन्न प्रस्ताव अघि सारेको छ। घोषणापत्रमार्फत आधारभूत तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क र अनिवार्य बनाउन तथा माध्यमिक शिक्षा पनि निःशुल्क गर्न सरकारसँग माग गरिएको छ। साथै, सार्वजनिक यातायातमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत छुट प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि आग्रह गरिएको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)सुहाङ नेम्वाङत्रिभुवन विश्वविद्यालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...