दलको नेतामा निर्वाचन नलड्ने अर्जुननरसिंह केसीको घोषणा

Author

सजिलो पत्रिका

२०८३ वैशाख १३, आइतबार

19
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह के.सीले संसदीय दलको नेताको निर्वाचनमा आफू सहभागी नहुने घोषणा गरेका छन्। उनले सहमतिका आधारमा नेतृत्व चयन भएमा वरिष्ठता र अनुभवका आधारमा विचार गर्न सकिने तर निर्वाचन भने नलड्ने स्पष्ट पारेका छन्।

केसीले आफू सांसद बनेदेखि नै दलको नेतामा निर्वाचन नलड्ने धारणा राख्दै आएको बताए। उनले आफ्नो कारणले दलको नेता चयन प्रक्रिया ढिलाइ भएको भन्ने प्रचार गलत भएको उल्लेख गर्दै यसबारे पार्टी नेतृत्वलाई पहिल्यै जानकारी गराइसकेको बताए।

उनले दलको नेता चयन गर्दा निश्चित मापदण्ड बनाएर सहमतिका आधारमा अघि बढ्नुपर्ने सुझाव पनि दिएका छन्। साथै, कर्णाली प्रदेशकी महिला तथा युवा सांसद वासना थापालाई दलको नेता बनाउने सहमति भए आफू प्रस्तावक बस्न तयार रहेको पनि केसीले बताएका छन्।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँअर्जुन नरसिंह के.सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...