मनोहरा किनारको सुकुमबासी बस्तीमा डोजर चल्यो, सुरक्षाकर्मीको व्यापक परिचालन

Author

सजिलो पत्रिका

२०८३ वैशाख १३, आइतबार

20
Share
Featured

काठमाडौँ

भक्तपुरस्थित मनोहरा खोला किनारमा रहेको सुकुमबासी बस्तीमा अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाउने कार्य सुरु गरिएको छ। आइतबार बिहानैदेखि सुरक्षाकर्मीको ठूलो संख्यामा परिचालन गरी संरचना भत्काउने अभियान अघि बढाइएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार उक्त क्षेत्रमा करिब १,३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरिएको छ। बस्तीका बासिन्दालाई बिहान ९ बजेसम्म आफैंले घरटहरा हटाउन समय दिइएको थियो। त्यसपछि काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोलीले भत्काउने कार्य सुरु गरेको हो।

प्रहरीका अनुसार अधिकांश बासिन्दाले आफ्नो सामान हटाइसकेपछि खाली भएका संरचनाहरू भत्काउन थालिएको छ। सो बस्तीमा कुल ७७७ घरटहरा रहेको बताइएको छ।

यसअघि शनिबार साँझ पनि सोही क्षेत्रमा सात वटा पक्की घर भत्काइएको थियो। त्यतिबेला स्थानीय सुकुमबासीले अवरोध गर्नुका साथै केहीले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।

यो समाचारमा

भक्तपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...