सर्लाही नाकाबाट तस्करी गरिएको चिनियाँ लसुन र बीउ भारतमा बरामद, दुई जना नियन्त्रणमा

Author

सजिलो पत्रिका

२०८३ वैशाख १२, शनिबार

18
Share
Featured

काठमाडौँ

सर्लाहीका विभिन्न सीमा नाकाबाट भारततर्फ तस्करी गरी पठाइएको चिनियाँ लसुन र काँक्रोको बीउ भारतीय सुरक्षाकर्मीले बरामद गरेका छन्। सखुअवा र संग्रामपुर नाका प्रयोग गरी भारत पुर्‍याइएका ती सामान भारतको सशस्त्र सीमा बल (एसएसबी)ले नियन्त्रणमा लिएको हो।

शुक्रबार भारतको सीतामढी जिल्लाअन्तर्गत लालबन्दी नाकामा खटिएको एसएसबी टोलीले दुई वटा महिन्द्रा बोलेरो पिकअप गाडीबाट ठूलो परिमाणमा सामान बरामद गरेको जनाएको छ।

बरामद गरिएको चिनियाँ लसुन ६७ पोका अर्थात् करिब १ हजार २०६ किलोग्राम रहेको छ भने काँक्रोको बीउ ३ हजार ७२४ किलोग्राम फेला परेको छ। तस्करीमा संलग्न दुई जना व्यक्ति तथा प्रयोग गरिएको गाडीसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सोनबरसा भन्सार कार्यालय, सीतामढीमा बुझाइएको भारतीय पक्षले जनाएको छ।

सीमावर्ती क्षेत्रमा यति ठूलो परिमाणमा तस्करीका सामान फेला पर्नुले सर्लाही नाका हुँदै हुने अवैध कारोबार अझै सक्रिय रहेको संकेत गरेको छ। लामो समयदेखि सर्लाही जिल्ला तस्करीको प्रमुख मार्गका रूपमा चिनिँदै आएको छ।

यो समाचारमा

सर्लाहीकाठमाडौँभारत

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...