नेपाल ‘ए’ले ओमानलाई २८५ रनको लक्ष्य दियो

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार

16
Share
Featured

काठमाडौँ

नेपाल ‘ए’ क्रिकेट टोलीले ओमानविरुद्ध २८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनाएको हो।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ६९ रन बनाए। उनले ७८ बलमा ६ चौका प्रहार गर्दै अर्धशतकीय इनिङ खेले। देव खनालले ६४ रन बनाउँदै दोस्रो अर्धशतक प्रहार गरे भने कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै ५७ रन जोडे। मल्लले ३२ बलमा ४ चौका र ६ छक्का प्रहार गरे।

त्यस्तै सन्दीप जोराले ४२ रन, सन्तोष यादवले १५ रन र ओपनर अर्जुन कुमालले १३ रनको योगदान दिए।

ओमानका बलरमध्ये जितेन रमानन्दीले २ विकेट लिए भने शकेल अहमद, नदीम खान, वसिम अली र सिद्धार्थ बुकापटनमले समान १–१ विकेट लिए।

नेपाल ‘ए’ टोली यस खेलमा जित निकाल्दै प्रतियोगितामा खाता खोल्ने लक्ष्यमा छ। यसअघि सोही मैदानमा भएको पहिलो खेलमा ओमानले घरेलु टोलीलाई ७१ रनले पराजित गरेको थियो।

ओमान भने लगातार दोस्रो जितको खोजीमा रहेको छ। यो शृंखला अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ को पूर्वसन्ध्यामा आयोजना गरिएको हो।

यो समाचारमा

क्रिकेटओमानकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...