संसद् स्थगनप्रति पौडेलको प्रश्न: सरकारको आत्मविश्वास किन कमजोर?

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार

22
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले संसद् अधिवेशन आह्वान भएको २४ घण्टा नबित्दै स्थगन गरिएको विषयमा सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसद्लाई विश्वासमा लिनुको सट्टा अध्यादेशको बाटो रोज्न खोजेको हो कि भन्ने आशंका व्यक्त गरेका छन्।

पौडेलले सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास कमजोर देखिएको भन्दै प्रश्न उठाएका छन्। उनले “यति अनुकूल अवस्था हुँदाहुँदै सरकारको आत्मविश्वास किन कमजोर?” भन्ने जिज्ञासा समेत राखेका छन्।

लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शितालाई उच्च महत्व दिनुपर्ने उल्लेख गर्दै उनले प्रक्रिया छलेर परिणाम खोज्नु पद्धति र मर्यादाको अवमूल्यन भएको बताएका छन्। साथै, संसद्जस्तो जननिर्वाचित संस्थाको गरिमा जोगाउन र पारदर्शी ढंगले अघि बढ्न सरकारलाई संसद्लाई पूर्ण विश्वासमा लिएर काम गर्न आग्रह गरेका छन्।


यो समाचारमा

नेपाली काँग्रेसप्रदिप पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...