काठमाडौँ
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुकुमबासी बस्ती हटाउन निर्देशन दिएसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल सुरु गरेका छन्।
बिहीबार बिहान ११ बजेदेखि बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा जिल्ला सुरक्षा समितिको बैठक जारी रहेको छ। बैठकमा काठमाडौँका एसएसपी रमेश थापा, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी रहेका छन्।
यसअघि प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर आगामी शनिबार र आइतबारभित्र थापाथलीस्थित सुकुमबासी बस्ती खाली गर्न निर्देशन दिएका थिए। सोही निर्देशनपछि प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला सुरक्षा समितिको बैठक बोलाएका हुन्।
सुरक्षा अधिकृतहरूका अनुसार बैठकमा सुकुमबासी बस्ती खाली गर्ने कार्ययोजना र सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल भइरहेको छ। साथै, आवश्यक सुरक्षा योजना तयार गरी कार्यान्वयन गर्ने तयारी समेत भइरहेको बताइएको छ।