तराईका जिल्लामा तातो लहरको चेतावनी, तापक्रम ४२ डिग्रीसम्म पुग्ने अनुमान

Author

सजिलो पत्रिका

२०८३ वैशाख १०, बिहिबार

24
Share
Featured

काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाले बिहीबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा तातो लहर चल्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण तापक्रम वृद्धि भइरहेको छ।

दिपायल, धनगढी, नेपालगन्ज, घोराही, भैरहवा र जनकपुरलगायतका क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। ती स्थानहरूमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।

महाशाखाले अत्यधिक गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। गर्मी बढ्ने सम्भावना रहेकाले विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई सतर्क रहन सुझाव दिइएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज पनि स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । त्यस्तै, झापा, मोरङ, इलाम, सुनसरी,

    Data is loading...

    Loading brands...

    Loading footer...