आज सुन–चाँदीको मूल्य घट्यो, नयाँ दर सार्वजनिक

Author

सजिलो पत्रिका

२०८३ वैशाख १०, बिहिबार

23
Share
Featured

काठमाडौँ

नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ९० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ । आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो । साथै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३०४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...