प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

Author

सजिलो पत्रिका

२०८३ वैशाख १०, बिहिबार

15
Share
Featured

काठमाडौँ, १० वैशाखः काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको प्राविधिक सहयोगमा सञ्चालित प्राथमिक उपचार तालिम प्रभावकारी बनेको छ । यसका लागि महानगरपालिका र सोसाइटीबीचमा सम्झौता समेत भएको छ । हालसम्म ६ वडाका १५१ जनालाई प्राथमिक उपचार तालिम प्रदान गरिएको छ ।लाभान्वित हुनेमा ११४ महिला र ३७ पुरुष रहेका छन् । नेपाल रेडक्रस सोसाइटी काठमाडौँका सभापति श्यामकाजी डोटेलले प्राथमिक उपचार प्रदान गरेमा विपद्को बेलामा हुनसक्ने घटनामा उद्दार र प्राथमिक उपचार प्रदान गर्न सहज हुने बताउनुभयो ।

टोलमा युवाहरुको सङ्ख्या घट्दै गएको बेलामा महिलाले यस्ता तालिम लिँदा वृद्धवृद्धालाई सहयोग पुग्ने उहाँको भनाइ छ । काठमाडौँ महानगरपालिका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले यस्ता तालिम आपत्काल व्यवस्थापनका लागि उपयोगी हुने जानकारीदिनुभयो । उक्त तालिमलाई महानगरभित्रका ३२ वडामै प्रदान गरिने महानगरले जनाएको छ । यसरी लिएको तालिमबाट प्राप्त गरेको प्रमाणपत्र नेपालसहित १९२ देशमा मान्य हुनेछ ।

तालिममा दुर्घटना, चोटपटक वा स्वास्थ्यजन्य आपत्कालीन परिपस्थितिमा आफू नजिक रहेका साधन तथा वस्तुको उपयोग अवस्था बिग्रिन नदिने, स्थिर बनाउने र सुधार गराउने सीप सिकाइन्छ । दुर्घटना, चोटपटक, अचानक बिरामी पर्ने अवस्थाजस्ता स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा बिरामीलाई अस्पताल पु¥याउनुअघि अवस्था थप बिग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । उक्त तालिममा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृतिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सिपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध, सञ्चार र पठनपाठन ठप्प

    बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका-२ लुलाङमा १० दिनदेखि विद्युत सेवा अवरुद्ध बनेको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा चट्याङले क्षति पुर्‍याएपछि यस परियोजनाबाट विद्युत सेवा उपभोग गरिरहेका करिब ४०० घर विद्युत सुविधाबाट वञ्चित भएका छन् ।चट्याङले विद्युतगृहको एलसी प्लेट जलेको र उपकरण मर्मतका लागि बुटवल पठाइएको परियोजनाका अपरेटर

    Data is loading...

    Loading brands...

    Loading footer...