एकताबद्ध भएर अघि बढ्न ओलीको आह्वान, स्वास्थ्यका कारण कार्यक्रममा अनुपस्थित

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०९, बुधबार

17
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्यका कारण सहभागी हुन सकेनन्। यसअघि उनी स्वयं उपस्थित भई सम्बोधन गर्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा अनुपस्थित रहेका हुन्।

अध्यक्ष ओली अनुपस्थित भएपछि कार्यक्रम उपाध्यक्ष राम बहादुर थापा (बादल)को अध्यक्षतामा सम्पन्न गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष थापाले ओलीले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाएका थिए।

ओलीले आफ्नो सन्देशमा एमालेले दशकौँ लामो आन्दोलनको विरासत बोकेको उल्लेख गर्दै जबजको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य लिएको बताएका छन्। उनले पार्टीले निरंकुशताको अन्त्य, लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको पनि उल्लेख गरेका छन्।

त्यस्तै, उनले राष्ट्रिय स्वाभिमान जोगाउन चुनौतीपूर्ण अवस्थामा पनि पार्टी दृढताका साथ उभिएको बताए। वर्तमान चुनौतीहरूको सामना गर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै सबैलाई त्यसका लागि सङ्कल्प गर्न आह्वान गरेका छन्।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीराम बहादुर थापा (बादल)काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...