गृहमन्त्रीको राजीनामापछि गृह मन्त्रालय प्रधानमन्त्री शाहको जिम्मामा

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०९, बुधबार

15
Share
Featured

काठमाडौँ


प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गृह मन्त्रालय तत्कालका लागि आफैंसँग राख्ने भएका छन्। गृहमन्त्री सुदन गुरुङले बुधबार पदबाट राजीनामा दिएपछि मन्त्रालय प्रधानमन्त्री मातहत रहने भएको हो।

प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालका अनुसार गुरुङले केही समयअघि नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए। उनले गृहमन्त्रीले राजीनामा दिएसँगै गृह मन्त्रालय तत्काल प्रधानमन्त्रीकै जिम्मेवारीमा रहने जानकारी दिइन्।

गुरुङको विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो। भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी हुन्। गुरुङले जेन–जी आन्दोलनपछि ५० लाख रुपैयाँ बराबरको शेयर खरिद गरेको विवरण सार्वजनिक भएपछि थप आलोचना भएको थियो।

यसै विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र बाहिरबाट समेत उनीमाथि दबाब परेको थियो। विपक्षी दलहरूले समेत राजीनामाको माग गरेका थिए।

यो समाचारमा

काठमाडौँसुदन गुरुङबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...