गर्भपतन प्रकरणमा थप दुई चिकित्सक प्रहरी नियन्त्रणमा, अनुसन्धान जारी

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०९, बुधबार

20
Share
Featured

काठमाडौँ

पाल्पाकी २९ वर्षीया गीता पाण्डेको गर्भपतनका क्रममा मृत्यु भएको घटनासँग सम्बन्धित थप दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेती रहेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार, दुवै चिकित्सक आफैँ प्रहरीसमक्ष उपस्थित भएका थिए। मृतकका पति प्रकाश पाण्डेले आर्थिक लाभका लागि चिकित्सकहरूले गम्भीर लापरबाही गरेको आरोप लगाउँदै उनीहरूविरुद्ध किटानी जाहेरी दिएका थिए।

यसअघि नै जोनल फार्मेसीकी सन्ध्या बस्नेत, निलम घर्ती मगर तथा इन्दु लेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई मंगलबार बिहान नियन्त्रणमा लिइएको हो।

घटनापछि लापरबाहीको आरोप लगाउँदै मृतकका आफन्तले उपचारमा संलग्न तीन वटा संस्थामा तालाबन्दीसमेत गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...