सभामुख अर्याल र प्रमुख सचेतकहरूबीच आज छलफल हुँदै

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०९, बुधबार

26
Share
Featured
  • सभामुख डोलप्रसाद अर्यालले कूटनीतिक राहदानीबारे छलफल गर्न प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।
  • बैठकमा राहदानी सिफारिस प्रक्रिया र कानुनी व्यवस्थाबारे साझा धारणा बनाइनेछ।
  • साथै, संसद्को कार्यसूची, समितिको प्रभावकारिता र पारदर्शिता सुधारबारे पनि छलफल हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग आज विशेष छलफल गर्दैछन्। बैठक बिहान १०:०० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा बस्ने तय भएको छ।

बैठकको मुख्य एजेन्डा कूटनीतिक राहदानी (डिप्लोम्याटिक पासपोर्ट) को सिफारिस र यससँग सम्बन्धित कानुनी व्यवस्थाका विषयमा केन्द्रित रहनेछ। पछिल्लो समय कूटनीतिक राहदानीको प्रयोग र सिफारिस प्रक्रियालाई लिएर उठिरहेका प्रश्नहरूका बीच सभामुखले दलहरूको साझा धारणा बुझ्न यो बैठक बोलाउनुभएको हो।

यसका साथै बैठकमा प्रतिनिधि सभाको आगामी कार्यसूची, संसदीय समितिहरूको प्रभावकारिता र संसदीय प्रक्रियालाई थप पारदर्शी एवं मर्यादित बनाउने विषयमा समेत छलफल हुने संसद् सचिवालयले जनाएको छ।

यो समाचारमा

डोल प्रसाद अर्यालप्रतिनिधि सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...