विद्युतीय सवारीले बढी भाडा लिए कारबाही हुने चेतावनी

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०८, मङ्गलबार

19
Share
Featured

काठमाडौँ

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको हालै वृद्धि गरिएको भाडा विद्युतीय सवारीमा लागू नहुने स्पष्ट पारेको छ। विभागले सूचना जारी गर्दै डिजेलबाट चल्ने सवारी साधनको हकमा मात्र भाडा वृद्धि गरिएको जनाएको हो।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि स्वचालित भाडा समायोजन प्रणालीअनुसार गत चैत २५ गतेदेखि अन्तरप्रदेशीय सार्वजनिक सवारी साधनको भाडा बढाइएको थियो। तर उक्त वृद्धि विद्युतीय सवारीमा लागू नहुने विभागले प्रस्ट्याएको छ। विद्युतीय सवारीमा भने साविककै भाडादर कायम रहने उल्लेख गरिएको छ।

पछिल्लो समय केही विद्युतीय सवारी चालक तथा सेवा प्रदायकले बढेको भाडा असुल गरिरहेको र यात्रुलाई टिकटसमेत नदिएको गुनासो आएपछि विभागले यस्तो स्पष्टिकरण दिएको हो। विभागले सबै यातायात व्यवसायीलाई यात्रुसँग पुरानै भाडा लिन र अनिवार्य रूपमा टिकट दिन निर्देशन दिएको छ।

विभागले निर्देशन विपरीत बढी भाडा असुलेको वा नियम उल्लङ्घन गरेको पाइएमा ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ तथा ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’ अनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।


यो समाचारमा

काठमाडौँयातायात व्यवस्था विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिलाहरु आए सम्पर्कमा

    काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्तनगर नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको

    Data is loading...

    Loading brands...

    Loading footer...