पोस्टरबाट हराएको त्यो विरासत

एमालेको ७७औँ स्थापना दिवसको पोस्टरबाट किन गायब ओली ?

Author

सस्मिता सुनार

२०८३ वैशाख ०८, मङ्गलबार

52
Share
Featured

नेपाल कम्युनिष्ट पार्टी (एमाले)(एमाले) ले आफ्नो ७७औँ स्थापना दिवस वैशाख ९ गते मनाउँदै छ। तर, स्थापना दिवसका लागि सार्वजनिक गरिएको पोस्टरले यतिबेला एमालेभित्र मात्र होइन, पूरै राजनीतिमा एउटा नयाँ तरङ्ग ल्याइदिएको छ। कारण हो— पोस्टरबाट शक्तिशाली अध्यक्ष खड्गप्रसाद शर्मा ओली बेपत्ताु हुनु।

हिजोसम्म पार्टीमा एकछत्र राजु गरिरहेका र पोस्टरमा छाउने ओली आफ्नै पार्टीको यति ठुलो उत्सवको प्रचार सामग्रीबाट गायब हुनुलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीभित्रको आन्तरिक कलहकै बीच ओली पोस्टरबाट हराउनुले धेरैको मनमा एउटै प्रश्न उब्जाएको छ— के एमालेले अब नयाँ नेतृत्व खोजेकै हो ?

पोस्टरबाट हराएको त्यो विरासत

कुनै समय एमालेमा ओलीको यस्तो साम्राज्यु थियो कि जीवित नेतामध्ये उनको मात्रै फोटो राख्ने निर्णय नै भएको थियो। २०८० साउन ३२ गतेको सचिवालय बैठकले पार्टी र भ्रातृ सङ्गठनका कार्यक्रममा अध्यक्ष ओलीबाहेक अन्यको फोटो नराख्न औपचारिकसर्कुलरु नै जारी गरेको थियो। त्यसबेला आफ्ना भित्रियाु विष्णु रिमालमार्फत उक्त निर्णय सुनाउँदा हलभरि ताली बजाइएको थियो।

त्यसअघि गत भदौमा गोदावरीमा भएको विधान महाधिवेशन र मङ्सिरको ११औँ महाधिवेशनमा त चारैतिर  ओलीमयु वातावरण देखिन्थ्यो। तर, हिजो ठुला(ठुला आकारका पोस्टरमा सजिने ओली यसपालि पोस्टरबाटै हराएपछि उनका समर्थकहरू यतिबेला चिन्ता र चासोमा परेका छन्। अहिलेको पोस्टरमा भने संस्थापकहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठको तस्बिर मात्र राखिएको छ।

०८२ साल र ओलीको ओरालो यात्रा

२०८२ यो सालले अध्यक्ष ओलीलाई संकटमा नमज्जाले तान्यो। भदौ २३ र २४ गतेको  जेनजी आन्दोलनुले प्रधानमन्त्रीको पद गायब पारिदियो भने गत फागुनको निर्वाचनमा अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहसँग धेरै मतान्तरले हार बेहोर्नुपर्यो। सांसद पदमा पुग्नै नपाई आउटु हुनु र अहिले पार्टीकै पोस्टरबाट फोटो गायब हुनुले ओलीको विरासत कमजोर हुँदै गएको प्रस्ट देखाउँछ।

हिरो बाट ओझेलसम्म

कुनै बेला भारतीय नाकाबन्दीको सामना गरेर र चुच्चे नक्सा जारी गराएर हिरो साबित भएका ओलीका लागि अहिलेको अवस्था निकै प्रतिकूल छ। गत चैत १४ गते पक्राउ परेपछि रिहा भएका उनलाई अहिले एमालेबाटै बिदा गर्न महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल आफ्नो पुरानो प्रतिद्वन्द्वीता भुलेर एकजुट भएको चर्चा छ। हाल पित्त थैलीको पत्थरीको शल्यक्रियापछि आराम गरिरहेका ओली च्यासल आउने–नआउने केही खुलाइएको छैन। अतिथिहरूको सूची समेत नराखी सार्वजनिक गरिएको यो ओलीबिनाको पोस्टरुले एमालेभित्रको शक्ति सङ्घर्षलाई सतहमा ल्याइदिएको छ।

एमालेभित्र पार्टी पुनर्गठनको बहस चलिरहेका बेला ओलीको तस्बिर नराखिनुले नयाँ नेतृत्वको खोजी भइरहेको धेरैले अनुमान लगाउन थालेका छन्। स्रोतका अनुसार अहिले ओलीसँग उपाध्यक्ष रामबहादुर थापा बादलु र सचिव महेश बस्नेत मात्र उभिएका छन्। बाँकी धेरैजसो सहयोगी नेताहरू उनलाई बिदा गर्नुपर्ने पक्षमा देखिएका छन्।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...