स्मार्ट लाइसेन्स सम्बन्धित कार्यालयबाटै लिन यातायात विभागको अनुरोध

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०८, मङ्गलबार

19
Share
Featured

काठमाडौँ

यातायात व्यवस्था विभागले छपाइ सम्पन्न भएका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन सुरु गरेको छ। लामो समयदेखि छपाइको प्रतीक्षामा रहेका लाइसेन्सहरू अब द्रुत गतिमा वितरण गर्ने प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।

विभागका अनुसार सेवाग्राहीहरूले आफूले ट्रायल पास गरेको वा नवीकरणका लागि विवरण पेस गरेको यातायात कार्यालयबाटै लाइसेन्स प्राप्त गर्न सक्नेछन्। यसका लागि अलग्गै केन्द्रमा धाउनुपर्ने आवश्यकता नरहने विभागले स्पष्ट पारेको छ।

विभागले जारी गरेको सूचनामा छपाइ भएका लाइसेन्सहरू सम्बन्धित कार्यालयहरूमा पठाउने कार्य तीव्र गतिमा भइरहेको उल्लेख गर्दै सेवाग्राहीलाई आफ्नै विवरण पेस गरेको कार्यालयबाट लाइसेन्स लिन अनुरोध गरिएको छ।

यो समाचारमा

काठमाडौँयातायात व्यवस्था विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । रुकुमपूर्वको कोल क्षेत्र केन्द्रविन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का रुकुमपूर्वका साथै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण भएको मानवीय वा भौतिक क्षतिको हालसम्म कुनै आधिकारिक विवरण प्राप्त

    Data is loading...

    Loading brands...

    Loading footer...