नेपाली विद्यार्थीको हेरचाह र सुरक्षाका लागि बेलायतको शैक्षिक साझेदारी प्रस्ताव

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०८, मङ्गलबार

15
Share
Featured

काठमाडौँ

बेलायतका लागि नेपाली राजदूत रोब फेनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरेका छन्। मंगलबार भएको भेटमा नेपाल–बेलायतबीचको दीर्घकालीन सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउने विषयमा छलफल भएको छ।

भेटका क्रममा बेलायतले नेपालसँग ‘पूर्ण–दायराको शैक्षिक साझेदारी’ को प्रस्ताव अघि सारेको जनाएको छ। उक्त प्रस्तावअन्तर्गत नेपालको सार्वजनिक शिक्षा क्षेत्रको नतिजा सुधार गर्ने, निजी शैक्षिक विकल्पहरूको गुणस्तर र दायरा विस्तार गर्ने विषयमा सहकार्य गर्ने योजना रहेको बताइएको छ।

त्यस्तै, बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हेरचाह र सुरक्षामा थप सुधार गर्ने प्रतिबद्धता पनि बेलायती पक्षले व्यक्त गरेको छ। शिक्षा क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताइएको छ।

यो समाचारमा

काठमाडौँसस्मित पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...