प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसद खटाउने रास्वपाको निर्णय

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०८, मङ्गलबार

18
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा रहेका समानुपातिक सांसदहरूलाई प्रत्यक्ष निर्वाचन नजितेका क्षेत्रमा जिम्मेवारी तोकेको छ। पार्टीले संगठन सुदृढीकरण र क्षेत्रीय उपस्थितिलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरेको हो।

आइतबार बसेको सचिवालय बैठकले प्रत्यक्ष निर्वाचनमा विजय हासिल गर्न नसकेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई खटाउने निर्णय गरेको थियो। सो निर्णयलाई सोमबार बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको पार्टीले जनाएको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार समानुपातिक सांसदहरूको कार्य विभाजन गरी विभिन्न निर्वाचन क्षेत्रमा जिम्मेवारी दिइएको हो। उनका अनुसार पार्टीले प्रत्यक्षतर्फ जित हासिल गर्न नसकेका क्षेत्रमा उपस्थिति बलियो बनाउन यो व्यवस्था गरिएको हो।

यो समाचारमा

कविन्द्र बुर्लाकोटीकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...