नेपाली कांग्रेस अनुशासन समितिद्वारा पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०७, सोमबार

18
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ। समितिको सोमबार दिउँसो बस्ने बैठकबाट उक्त स्पष्टीकरण फिर्ता गर्ने विषयमा निर्णय हुने बताइएको छ।

अनुशासन समितिका संयोजक तारामान गुरुङका अनुसार सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएपछि खड्कामाथि सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्षमा पार्टी पुगेको हो। उनले यस विषयमा छलफल गर्नकै लागि बैठक बोलाइएको जानकारी दिए।

यसअघि वैशाख २ गते बसेको अनुशासन समितिको बैठकले पार्टीको लेटरप्याड दुरुपयोग गरी नभएको पद उल्लेख गरेर विज्ञप्ति जारी गरेको भन्दै खड्कालाई सात दिने स्पष्टीकरण सोधेको थियो। तर पछिल्लो राजनीतिक तथा कानुनी विकासपछि उक्त निर्णय पुनर्विचार गर्ने अवस्था आएको पार्टी स्रोतले जनाएको छ।

समितिका सदस्यहरूले सभापति गगन थापासँग पनि यस विषयमा छलफल गरेको बताइएको छ। खड्काले भने आफूलाई सोधिएको स्पष्टीकरणलाई पहिले नै हास्यास्पद र अर्थहीन भन्दै प्रतिक्रिया जनाउँदै आएका छन्।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँपूर्ण बहादुर खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...