राजेन्द्र लिङ्देनको चेतावनी: पार्टी समाप्त पार्नेहरूसँग अब कुनै सम्झौता हुँदैन

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०७, सोमबार

24
Share
Featured

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले पार्टी समाप्त पार्ने प्रयास गर्नेहरूसँग अब कुनै सम्झौता नहुने घोषणा गरेका छन्।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले पार्टीभित्रै बसेर संगठन कमजोर पार्ने, निर्वाचनमा असहयोग गर्ने र पार्टीलाई राष्ट्रिय पार्टी बन्न नदिने गतिविधिमा संलग्न नेताहरूसँग अब कुनै सहकार्य नहुने स्पष्ट पारे।

उनले पार्टीभित्रको समस्या समाधानको एकमात्र बाटो महाधिवेशन भएको उल्लेख गर्दै निर्धारित समयमा वैधानिक र व्यवस्थित रूपमा महाधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व तयार रहेको बताए। कार्यकाल लम्ब्याउने वा महाधिवेशन सार्ने पक्षमा आफू नरहेको उनको भनाइ थियो।

लिङ्देनले सरकारका गलत कार्यको सदन र सडक दुवै माध्यमबाट प्रतिवाद गरिने बताउँदै संसदमा प्रतिपक्ष कमजोर रहेको अवस्थामा राप्रपाले जिम्मेवार भूमिका खेल्ने धारणा राखे।

उनले गृहमन्त्रीसँग सम्बन्धित पछिल्ला चर्चाबारे सरकार र स्वयं गृहमन्त्रीले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, सकारात्मक कामहरूको स्वागत गर्दै विगतका बेतिथिहरू सुधार गर्ने प्रयासलाई समर्थन गर्ने उनले बताए।

यो समाचारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँराजेन्द्र प्रसाद लिङ्देन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...