रेडक्रसद्वारा चारै तहको निर्वाचन कार्यतालिका सार्वजनिक

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

23
Share
Featured

काठमाडौँ

नेपाल रेडक्रस सोसाइटीले चार तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सोसाइटीले पालिका, जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

सोसाइटीका महामन्त्री मीनबहादुर मल्लका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी असार २४ र २५ गते तोकिएको छ । यसैगरी, सोसाइटीले पहिलो चरणमा यही वैशाख २६ देखि जेठ ४ गतेसम्म देशैभरका पालिका शाखा समितिको निर्वाचन सम्पन्न गर्नेगरी कार्यतालिका तय गरेको छ ।  जेठ १५ गते  जिल्ला शाखा समिति र असार २ गते सात वटै प्रदेश समिति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटीले संस्थाको विधान २०२० (अठारौँ संशोधन, २०८२ सहित) तथा निर्वाचन नियमावली, २०४९ (चौथो संशोधन २०८२ सहित) सबै पालिकास्तरमा पालिका शाखा, जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको सोसाइटीका महामन्त्री मल्लले जानकारी दिनुभयो । 

सरकारले सधैँ विवाद हुँदै आएको सोसाइटीमा यसपटक विनोदकुमार शर्माको नेतृत्वमा केन्द्रीय तदर्थ समिति गठन गरी पालिका, जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन गर्ने कार्यभार तोकेको थियो । सोही कार्यभारअनुसार सोसाइटीका सबै निकायको निर्वाचन गर्ने तयारीमा रहेको महामन्त्री मल्लले बताउनुभयो । रेडक्रस सोसाइटीको संशोधित नयाँ विधानमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी पटक कार्यसमितिमा बस्न नपाइने नयाँ व्यवस्था गरेको छ ।

यो समाचारमा

काठमाडौँनेपाल रेडक्रस सोसाइटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...