देउवा समूहमा नयाँ पार्टी गठनको बहस, सम्मान नभए अलग बाटो रोज्ने चेतावनी

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

23
Share
Featured

काठमाडौँ

शेर बहादुर देउबा नेतृत्वको समूहभित्रै नयाँ पार्टी गठन गर्ने विषय उठेको छ। आइतबार काठमाडौँको महाराजगन्जमा भएको छलफलमा समूहका केही नेताहरूले पार्टीभित्र सम्मानजनक स्थान नपाए वैकल्पिक बाटो रोज्नुपर्ने धारणा राखेका हुन्।

छलफलमा सहभागी निवर्तमान केन्द्रीय सदस्यहरू कुन्दनराज काफ्ले, शिवप्रसाद हुमागाईं, गुरु बराल तथा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आवश्यक परे छुट्टै पार्टी गठन गरेर अघि बढ्नुपर्ने विचार व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, पार्टीभित्र सम्मानपूर्वक काम गर्ने वातावरण नभए नयाँ विकल्प रोज्नुपर्ने अवस्था आउन सक्छ।

यद्यपि, पार्टीभित्रै सम्मानजनक स्थिति बनेमा आगामी १५औँ महाधिवेशनको तयारीमा केन्द्रित हुनुपर्ने धारणा पनि उनीहरूले राखेका छन्। छलफलमा सहभागी अन्य नेताहरूले पनि संगठनभित्रको अवस्था सुधार भए एकतामै अघि बढ्न सकिने बताएका छन्।

यसैबीच, समूहले सर्वोच्च अदालतको निर्णयप्रति असहमति जनाए पनि त्यसलाई स्वीकार गर्ने बताएको छ। निर्णयका केही बुँदामा फरक मत रहे पनि संवैधानिक प्रक्रिया मान्नुपर्ने उनीहरूको धारणा छ।

उता गगन थापाले सर्वोच्चको फैसला जित–हारको विषय नभई विधि र प्रक्रियाको अभ्यास भएको बताएका छन्। उनले पार्टीका सबै पक्षलाई एकताबद्ध भई संगठन सुदृढ बनाउन आह्वान गर्दै पार्टी पुनर्जागरणका लागि सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने उल्लेख गरेका छन्।

यो समाचारमा

गगन थापाशेर बहादुर देउबाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...