मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन मस्यौदामा सुझाव माग गरिएको छ

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

29
Share
Featured

काठमाडौँ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई महत्वपूर्ण ऐन संशोधनका लागि तयार पारिएको विधेयक मस्यौदामा सुझाव माग गरेको छ। मन्त्रालयले सरोकारवाला तथा सर्वसाधारणसँग राय, सुझाव र प्रतिक्रिया पठाउन आह्वान गरेको हो।

मन्त्रालयका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन गर्न तयार पारिएका मस्यौदामा थप सुधारका प्रावधान समावेश गरिएको छ। कानुनलाई अझ प्रभावकारी बनाउन आवश्यक सुधारका लागि सुझाव संकलन गर्न मस्यौदा सार्वजनिक गरिएको हो।

मन्त्रालयले उक्त मस्यौदामाथि यही साताभित्र सुझाव दिन सबै इच्छुक पक्षलाई आग्रह गरेको छ। प्राप्त सुझावका आधारमा अन्तिम विधेयक तयार गरिने जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...