रास्वपा केन्द्रीय समिति बैठकका ९ एजेन्डा तय, पदाधिकारी मनोनयनदेखि महाधिवेशन तयारीसम्म छलफल

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

20
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा एजेन्डा तय गरेको छ। बैठक पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक मुख्यतः सांगठनिक सुदृढीकरण, महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित हुनेछ। बैठकको सुरुवातमा पार्टीका हालसम्मका गतिविधिबारे संक्षिप्त जानकारी प्रस्तुत गरिनेछ भने केन्द्रीय सदस्यहरूलाई जनस्तरको रिपोर्टिङका लागि समय पनि उपलब्ध गराइनेछ।

बैठकको प्रमुख एजेन्डामध्ये केन्द्रीय पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदामाथि छलफल तथा पार्टी विधान संशोधनका विषय समावेश छन्। साथै, स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने प्रस्ताव पनि छलफलमा रहनेछ।

त्यसैगरी प्रवासमा रहेका नेपाली नागरिकलाई उनीहरूकै स्थानबाट मताधिकार सुनिश्चित गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइने जनाइएको छ। बैठकले सचिवालयका पूर्वनिर्णय अनुमोदन गर्नुका साथै विभिन्न निकायबाट प्राप्त पत्राचारबारे निर्णय लिने र विभागहरूलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...