सुकुम्वासी उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

25
Share
Featured

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले सुकुम्वासी परिवारलाई उचित विकल्प र पुनर्वासको व्यवस्था नगरी उठिबास गराएको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले यस्तो कदमलाई अमानवीय भन्दै तत्काल रोक्न माग गरेको छ।

आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा सुकुम्वासी व्यवस्थापनका नाममा विभिन्न स्थानमा झुप्रा भत्काउने र परिवारलाई विस्थापित गर्ने कार्यले पीडितलाई बिचल्ली बनाएको उल्लेख गरिएको छ। यस्ता गतिविधिले सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढ्ने चेतावनी पनि दिइएको छ।

त्यसैगरी, नेकपाले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधान विपरीत भएको भन्दै अस्वीकार गरेको छ। पार्टीले सङ्गठित हुने अधिकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधारभूत अधिकार भएकाले यसलाई खोस्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।

विज्ञप्तिमा महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई तत्काल कदम चाल्न पनि आग्रह गरिएको छ। नेकपाले जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको भन्दै सरकारको कामकारबाहीमा देखिएको पूर्वाग्रही प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेको छ।


यो समाचारमा

काठमाडौँनेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...