खड्का निवासमा देउवा पक्षको बैठक, अदालतको फैसलापछि रणनीति तय हुने

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०५, शनिबार

19
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका पूर्वसभापति शेर बहादुर देउबा पक्षीय नेताहरूको आज अनौपचारिक बैठक बस्ने भएको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट गठन भएको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने फैसला गरेपछि उक्त समूहबीच आन्तरिक छलफलका लागि बैठक आह्वान गरिएको हो।

बैठक कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का को निवासमा अपराह्न ४ बजे बस्ने तय गरिएको छ। बैठकमा अदालतको पछिल्लो फैसलापछि पार्टीले कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित भएर छलफल हुने बताइएको छ।

कांग्रेस नेता प्रकाशशरण महत का अनुसार बैठकमा विभिन्न धारणा राख्ने नेताहरूबीच साझा निष्कर्ष निकाल्ने प्रयास हुनेछ। अदालतको निर्णयपछि देउवा पक्षभित्रै पनि फरक–फरक मत देखिएका छन्।

केही नेताहरूले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई स्वीकार गरेर आगामी १५औँ नियमित महाधिवेशनतर्फ जानुपर्ने धारणा राखेका छन् भने अन्य केही नेताहरूले अदालतको फैसलाप्रति असहमति जनाउँदै त्यसलाई अस्वीकार गर्नुपर्ने बताएका छन्। यिनै विषयमा आजको बैठकमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

यो समाचारमा

काठमाडौँशेर बहादुर देउबानेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...