सर्वोच्चको आदेशपछि दीपक खड्का अस्पतालबाट डिस्चार्ज

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०४, शुक्रबार

21
Share
Featured

काठमाडौँ

सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि पूर्वमन्त्री दिपक खड्का अस्पतालबाट पनि डिस्चार्ज भएका छन्। उनी उपचाररत रहेको त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।

खड्कालाई चैत १५ गते केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले पक्राउ गरेको थियो। पक्राउपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो। हिरासतमा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नर्भिक अस्पताल हुँदै त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

अदालतले दिएको हिरासत म्याद अवधिसम्म उनी अस्पतालमै उपचाररत थिए। तर, बिहीबार सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त आदेश जारी गरेपछि खड्का अस्पतालबाट पनि डिस्चार्ज भएका हुन्।

यो समाचारमा

सर्वोच्च अदालतकाठमाडौँदिपक खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...