यातायात व्यवस्था विभागले ६७४ थान लाइसेन्सको विवरण सार्वजनिक गर्‍यो

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०४, शुक्रबार

24
Share
Featured

काठमाडौँ

यातायात व्यवस्था विभागले हालै छापिएका ६७४ थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण सार्वजनिक गरेको छ। विभागले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त सूची सार्वजनिक गरेको हो।

विभागले सार्वजनिक गरेको विवरणमा लाइसेन्सको क्याटेगोरीसहित नामावली उल्लेख गरिएको छ। साथै, सम्बन्धित लाइसेन्स लिन आउँदा आवश्यक कागजात लिएर उपस्थित हुन आग्रह गरिएको छ।

विभागका अनुसार लाइसेन्स लिन आउँदा सक्कल राजस्व रसिद र पुरानो सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

कात्तिक महिनादेखि सुरक्षण मुद्रण केन्द्र मार्फत लाइसेन्स छपाइको काम भइरहेको छ। हाल अत्यावश्यक, ब्याकलग तथा ट्रायल पासपछि २४ घण्टाभित्र छपाइ हुने व्यवस्था अनुसार लाइसेन्स जारी भइरहेको विभागले जनाएको छ।

यो समाचारमा

यातायात व्यवस्था विभागकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...