निजी विद्यालय सञ्चालकको स्पष्टोक्ति : वैशाखको शुल्क अनिवार्य तिर्नुपर्ने

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०४, शुक्रबार

26
Share
Featured

काठमाडौँ

निजी विद्यालय सञ्चालकका चार छाता संगठनले वैशाख महिनामा लाग्ने विद्यालय शुल्क अनिवार्य रूपमा तिर्नुपर्ने स्पष्ट पारेका छन्। उनीहरूले सामाजिक सञ्जालमा ‘वैशाखको शुल्क तिर्नु पर्दैन’ भन्ने प्रचार भ्रामक भएको दाबी गरेका छन्।

प्याब्सन, एन–प्याब्सन, हिसान र एपेनले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै अभिभावक तथा सरोकारवालालाई गलत सूचनाको भ्रममा नपर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार निजी विद्यालयहरू सरकारको अनुदानबिना सञ्चालन हुने भएकाले शुल्क नै प्रमुख आर्थिक स्रोत हो।

सञ्चालकहरूले विद्यालय शुल्क निर्धारण प्रचलित कानुनअनुसार हुने स्पष्ट पार्दै भर्ना शुल्क, मासिक पढाइ शुल्क र वार्षिक शुल्कका साथै अन्य कानुनी शुल्कहरू पनि लाग्ने बताएका छन्। भोजन, यातायात तथा अतिरिक्त प्रशिक्षण सेवाको छुट्टै शुल्क रहने पनि विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले निजी विद्यालयमाथि गलत धारणा बनाउँदा विद्यार्थीको मनोबल र सिकाइमा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। साथै, शुल्क सम्बन्धी भ्रामक प्रचारको भ्रममा नपर्न अभिभावकलाई आग्रह गर्दै वैशाख महिनाको शुल्क यथावत रहने बताएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...