नेप्से ३३ अङ्कले उकालो, सबै समूहका सूचकमा वृद्धि

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०२, बुधबार

20
Share
Featured

काठमाडौँ

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३३.२७ अङ्कले बढेर २,८६६.८७ बिन्दुमा पुगेको छ। यो १.१७ प्रतिशतको वृद्धि हो।

आज ३४४ कम्पनीका २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर एक लाख २३ हजार ३५९ पटक खरिदबिक्री भएका छन्। कुल कारोबार रकम रु १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७९६ पुगेको नेप्सेले जनाएको छ।

कारोबारमा सबै समूहका उपसूचकहरूमा वृद्धि देखिएको छ। बैंकिङ १.३० प्रतिशत, विकास बैंक १.५३ प्रतिशत, वित्त १.२१ प्रतिशत, होटल तथा पर्यटन ३.१६ प्रतिशत र जलविद्युत् २.१४ प्रतिशतले बढेका छन्।

त्यसैगरी, जीवन बीमा ०.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.११ प्रतिशत, लघुवित्त ०.६४ प्रतिशत, म्युचुअल फन्ड ०.५६ प्रतिशत, निर्जीवन बीमा ०.३९ प्रतिशत र अन्य समूह ०.१० प्रतिशतले वृद्धि भएका छन्।

आजको कारोबारमा ६ वटा कम्पनीका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ।

यो समाचारमा

काठमाडौँनेपाल स्टक एक्सचेन्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...