ढोरपाटन सिकार आरक्षमा पहिलो पटक हिउँ चितुवा गणना, ५६ क्यामेरा ट्रयाप जडान गरिने

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०१, मङ्गलबार

15
Share
Featured

काठमाडौँ

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा पहिलो पटक हिउँ चितुवाको गणना गरिने भएको छ। नाउर र झारलको वैधानिक सिकारका लागि विश्वप्रसिद्ध यस आरक्षमा हिउँ चितुवा पाइने भए पनि हालसम्म यसको आधिकारिक गणना गरिएको थिएन।

आरक्षका रेन्जर सागर सुवेदीका अनुसार गणनाका लागि आवश्यक तयारी थालिएको छ। गणना कार्यमा आरक्षका कर्मचारी, तालिमप्राप्त गणक तथा स्थानीय बासिन्दाको सहभागिता रहनेछ। हिउँ चितुवाको अवस्था पत्ता लगाउन आरक्षका विभिन्न सिकार ब्लकमा ५६ वटा स्वचालित क्यामेरा ट्रयाप जडान गरिने उनले जानकारी दिए।

करिब १० जना गणकहरू ४५ दिनसम्म उच्च हिमाली क्षेत्रमा खटिनेछन्। उनीहरूले क्यामेरा जडान गर्ने, तस्बिर तथा भिडियो संकलन गर्ने, साथै चितुवाको पाइला र दिसा संकलन गरी विस्तृत अध्ययन गर्नेछन्। क्यामेराबाट प्राप्त तस्बिरमा शरीरका धब्बा तुलना गरेर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ भने संकलित नमुनालाई प्रयोगशालामा परीक्षण गरिनेछ।

करिब १ हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लासम्म फैलिएको छ। सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकहरूमा हिउँ चितुवाको बासस्थान रहेको अनुमान गरिएको छ, जहाँ उचाइ ४ हजारदेखि ७ हजार मिटरभन्दा माथिसम्म पुग्छ।

यसअघि २०७९ सालमा गरिएको गणनामा १ हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए। हिउँ चितुवाको गणना सम्पन्न भएपछि यसको संरक्षण र व्यवस्थापनमा थप प्रभावकारी योजना बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, आगामी वर्ष पुनः नाउर र झारलको गणना गर्ने योजना पनि आरक्षले बनाएको छ।

यो समाचारमा

काठमाडौँढोरपाटन शिकार आरक्षहिउँ चितुवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...