पूर्वराजा ज्ञानेन्द्रको सन्देश: बालेन नेतृत्वप्रति आशा, युवालाई प्राथमिकता

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

27
Share
Featured

काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार तथा युवा पुस्ताको बढ्दो संलग्नताप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। विगतमा राजनीतिक दलहरूको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै आएका शाह यसपटक भने नयाँ नेतृत्वप्रति नरम र आशावादी देखिएका हुन्।

नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले राजनीति र राज्य सञ्चालनमा युवाहरूको सक्रिय सहभागितालाई उत्साहजनक भएको बताएका छन्। उनले शिक्षित, देश बुझेका र आधुनिक प्रविधिमा दक्ष युवाहरूको नेतृत्वले राष्ट्रलाई सही दिशा दिन सक्ने विश्वास व्यक्त गरेका छन्।

यसअघि राजनीतिक परिवर्तनहरू सतही मात्र भएको र दलीय खिचातानीले देशलाई प्रयोगशालाजस्तो बनाएको टिप्पणी गर्दै आएका उनले अहिलेको अवस्थामा भने युवा नेतृत्वबाट राष्ट्रिय समृद्धिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरेका छन्।

पूर्वराजा शाहले आर्थिक अवस्था सुधार, छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण र आन्तरिक सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नयाँ नेतृत्वलाई सुझाव दिएका छन्। साथै, परनिर्भरता घटाएर आत्मनिर्भर र स्वाधीन बन्नुपर्नेमा उनले जोड दिएका छन्।

उनले आपसी द्वन्द्व र प्रतिशोधको राजनीति त्यागेर जनचाहनाअनुसार काम गर्न आग्रह गर्दै सबै नेपालीले न्याय, शान्ति र समृद्धि पाउने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्। साथै देशको मौलिक पहिचान जोगाउनु वर्तमान समयको प्रमुख दायित्व भएको उनको भनाइ छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँज्ञानेन्द्र शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...