सभामुख अर्यालको निर्देशन: संसद भवन तोकिएको समयमै सम्पन्न गर्न आग्रह

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

35
Share
Featured

काठमाडौँ

सम्माननीय सभामुख डोल प्रसाद अर्यालले संसद भवन निर्माण कार्यप्रति चासो व्यक्त गर्दै समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ। सोमबार शहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै उहाँले निर्माण कार्य ढिलाइ नगरी तोकिएको समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।

छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभा उपसभामुख रुबि कुमारी ठाकुर र राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीलगायतको उपस्थिति रहेको थियो।

२०७६ साल असोज १८ गते तुन्डी शेख जेभीसँग ७ अर्ब ९४ करोड रुपैयाँमा संसद भवन निर्माणका लागि सम्झौता भएको थियो। सुरुमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि विभिन्न कारणले हालसम्म छ पटक समय थप भइसकेको छ। पछिल्लो संशोधित समयसीमाअनुसार आगामी जेठ ९ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने भनिएको छ।

शहरी विकास मन्त्रालयका अनुसार हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ। बाँकी कामलाई तीव्रता दिँदै अन्तिम चरणमा पुर्‍याइएको जनाइएको छ।

त्यस्तै, भवनको इन्टेरियर कार्य केसी श्यामसुन्दर बाँनिया जेभीले २ अर्ब ३४ करोड रुपैयाँमा र छाना निर्माणको काम चेनलिंक इन्जिनियरिङले ३ करोड ८० लाख रुपैयाँमा जिम्मा लिएको छ।

यो समाचारमा

रुबि कुमारी ठाकुरकाठमाडौँडोल प्रसाद अर्यालनारायण प्रसाद दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...