९ बैंकले ब्याजदर घटाए, कृषि विकास बैंकले बढायो

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

22
Share
Featured
  • वैशाखका लागि ९ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १० बैंकले यथावत राखेका छन्।
  • विभिन्न बैंकहरूले व्यक्तिगत र संस्थागत निक्षेपमा ०.०१ देखि ०.५४ प्रतिशत विन्दुसम्म ब्याजदर कटौती गरेका छन्।
  • कृषि विकास बैंकले भने बचतदेखि मुद्दती निक्षेपसम्म ०.०३ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वैशाख महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन्। सार्वजनिक विवरणअनुसार ९ वटाले ब्याजदर घटाएका छन् भने १० वटाले यथावत राखेका छन्।

ब्याजदर यथावत राख्ने बैंकहरूमा प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबि बैंक रहेका छन्।

त्यस्तै, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर घटाएका छन्।

सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएका छन्। हिमालयन बैंकले व्यक्तिगततर्फ ०.५० र संस्थागततर्फ ०.२५ प्रतिशत विन्दुले कटौती गरेको छ। अन्य बैंकहरूले मुख्यतः व्यक्तिगत निक्षेपतर्फ ब्याजदर घटाएका छन् भने नबिल बैंकले संस्थागत निक्षेपतर्फ मात्र ०.५४ प्रतिशत विन्दुले कमी गरेको छ।

व्यक्तिगत निक्षेपतर्फ सिटिजन्स बैंकले ०.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.२५ प्रतिशत, एभरेष्ट बैंकले ०.२० प्रतिशत, कुमारी बैंकले ०.०७ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०१ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्।

यसबीच कृषि विकास बैंकले भने विपरीत निर्णय गर्दै बचतदेखि संस्थागत मुद्दती निक्षेपसम्मको ब्याजदर ०.०३ प्रतिशत विन्दुले वृद्धि गरेको छ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...