सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला सुन २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

18
Share
Featured

काठमाडौँ

साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ रहेको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर आज २ लाख ५४ हजार ३७० रुपैयाँ कायम भएको छ, जुन हिजो २ लाख ५४ हजार ७१५ रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। सोमबार चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा झरेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो। यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार २०० रुपैयाँ तोकिएको छ, जुन हिजो ४ हजार २६५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले दैनिक रूपमा नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...